>

‘मलाई हराउने नाममा आफ्नो सहर, क्षेत्र, र देश चाहिँ नहराउनु होला’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई प्रश्न गरेका छन् ।

अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने लगायतका काम कहिले गर्ने भन्दै उनले प्रश्न गरेका हुन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

सामाजिक सञ्जालमार्फत सिंहलाई प्रश्न गर्दै उनले भनेका छन्, ‘अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैँ कुरामै रह्यो । कहिले गर्ने हो ?’

साथै, बालेनले आफूलाई हराउने नाममा सहर, क्षेत्र र देश चाहिँ नहराउन आग्रह गरेका छन् । ‘मलाई हराउने नाममा आफ्नो सहर, क्षेत्र, र देश चाहिँ नहराउनु होला,’ मेयर बालेनले भनेका छन्, ‘यत्रो गणेशमान सिंह, पीएल सिंह, र नेपाली काँग्रेसको इतिहास माटोमा नमिसाउनु होला ।’

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *