>

भावना नबुझ्ने नेपाली समाज

मनग्गे पुग्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा जागीर हुँदाहुँदै भावना स्याङ्देनलाई रेस्टुरेन्ट व्यवसायले आकर्षित ग-यो । साथैसाथै समाजसेवासँग पनि उनी जोडिन्छ । सातामा ५ दिन जागीर, बचेको समय व्यवसाय र समाजसेवामा खर्चिन्छिन । साढ ५ बजेपछि उनी सिधै व्यवसायमा संलग्न हुन्छिन् । उनी स्वास्थ्यसम्बन्धी लुपस नेपालमा पनि आबद्ध छिन् । उनी आफै लुपस पीडित हुन् । लुपस पीडितलाई सहयोग गर्ने उद्देश्यले स्थापना भएको लुपस नेपालका लागि पनि उनले केही समय छुट्टाउनुपर्छ ।

व्यवस्थापनको विद्यार्थी हुनुको नाताले स्कुल, कलेज र विश्वविद्यालय अध्ययन गर्दादेखिका साथीहरुको सम्पर्क सञ्जाललाई एकठाउँमा जम्मा गर्न र भएको जनसम्पर्कलाई उपयोगमा ल्याउन उनलाई रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्न हुटहुटी लागेको हो । यसैलाई आधार मानेर सन् २०१८ मा मन मिल्ने साथीको साझेदारीमा रेस्टुरेन्ट व्यवसायमा भावना संलग्न भइन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

उनीहरुले सञ्चालन गरेको रेस्टुरेन्ट अन्यभन्दा फरक बनाउनु थियो, भावनालाई । व्यवसाय भन्दैमा पैसामुखी हुनुपर्छ भन्ने विचारको उनी कट्टर विरोधी थिइन् । वातावरण, स्वास्थ्य र समाजको उत्तरदायित्वमा पनि व्यवसायसँगै जोडिएर आउँछ भन्ने मान्यता भावनाको थियो ।

व्यवसाय राम्रैसँग चलेको थियो, तर दुर्भाग्य कोभिडको मारले व्यवसाय थला प¥यो । दुई वर्षसम्म व्यवसायबाट प्रतिफल आउन सकेन । कोभिडपछिका दिनहरु ठीकैसँग चल्दै थिए । तथापि मन्दीको प्रभावबाट व्यवसाय अछुतो रहन सकेन । नाफाभन्दा पनि व्यवसाय जोगाउन सञ्चालकलाई सकस पर्न थाल्यो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

अभाव भएपछि द्वन्द्व सिर्जना हुन्छ भन्ने मान्यताअनुरुप नै व्यवसायमा पार्टरहरुबीच बुझाइमा भिन्नता आयो, सबै आ–आफ्नो बाटो लागे । व्यवसायलाई मर्न दिन्नु हुन्न भनेर पार्टनरहरु साइट लगाएर भावनाले व्यवसायको स्वामित्व निजी बनाइन् । लोकेशन चेन्ज गरिन् । व्यवसायलाई नयाँ रुप दिइन र अगाडिको बाटो तय गरिन् ।

झम्सिखेलमा ‘वाटरिङ होल’ नाम दिएको रेस्टुरेन्ट भावनाले अहिले सञ्चालन गरेकी छन् । विशेषतः पारिवारिक जमघटका लागि उपयुक्त मानिएको उनको रेस्टुरेन्टमा प्लास्टिक प्रतिबन्द छ । वातावरणमैत्री, स्वस्थ्य खाना र समाजप्रति उत्तरदायी उनको व्यवसायमा थोरै इख, धेरै मेहनत र लगानी रहेको भावनाले सुनाइन ।

समाजसेवा, जागीर र व्यवसायका लागि समयको व्यवस्थापन कसरी भइरहेको छ ? अगाडिका बाटा कस्ता छन्लगायतका सवालको जवाफ उनकै मुखबाट सुनौ–

० जागीर, समाजसेवा र व्यवसायका लागि कसरी समय मिलाउनु भएको छ ?
– सातामा ५ दिन जागीर खान्छु, बचेको २ दिनमा एक दिन आराम गर्छु, एक दिन समाजसेवा र दैनिक जागीरपछिको समय व्यवसायका लागि खर्चिन्छु । पहिलो प्राथमिकता जागीर त्यसपछि व्यवसाय र समाजसेवाका लागि खर्चिन्छु । लुपस नेपालको सचिव हुँ, त्यसका लागि पनि मैले केही गर्नैपर्छ ।

० घर परिवारलाई समय छैन ?
– म पूर्ण समय काममा बिताउँछु, काम सकिएपछि रेस्टुरेन्ट चलाउँछु र बीचमा सामाजिक कार्यमा संलग्न हुन्छु । जसले गर्दा परिवारको लागि मलाई थोरै समय मात्र बच्छ । म मेरो जिम्मेवारीप्रति प्रतिबद्ध छु, धेरै जिम्मेवारीहरू सन्तुलनमा राख्दा थकाइ लाग्दो रहेछ, विशेषगरी त्यागलाई मानिसहरूले चिन्न सक्दैनन् । यद्यपि म मेरो लक्ष्यमा केन्द्रित हुन्छु ।

० तपाईंलाई चाहिँ के लाग्छ ?
– रातविरातले केही फरक पर्दैन, छोरीले पनि छोरा सरह काम गर्न सक्छन भन्ने समाजमा उदाहरणीय बन्न चाहन्छु । यति धेरै काम गर्छु, घर परिवार र समाजले मेरो मेहनतको कदर गरोस् जस्तो लाग्छ । छोरीले यो काम गर्न सक्दैन, यो गर्नु हुँदैन भन्यो भने मलाई नरमाइलो लाग्छ ।

० तपाईंको भावना बुझ्दैन यो घर समाजले ?
– हो, बुझ्दैन, महिलाबाट करियर, परिवार र सामाजिक भूमिकालाई सन्तुलनमा राख्ने अपेक्षा गरिन्छ । घरको उपस्थित र कामको उत्साहले त्यो अपेक्षालाई निरन्तर दबाब सिर्जना गर्दछ, जुन कुरा धेरैले देख्दैनन् वा बुझ्दैनन् ।

० महिलालाई व्यवसाय सञ्चालन गर्न सजिलो छ ?
– संसारमा सजिलो केही पनि हुँदैन, सजिलो र सरल आफैले बनाउनुपर्छ । तर हामीकहाँ महिलामैत्री नीति छैन । त्यसैकारण महिलाले ठूलै चुनौतिको सामना गर्नुपर्छ । यो चुनौतिको सामना गर्दा छुच्चु पनि भइँदो रहेछ । यो मेरो अनुभव हो ।

० कस्ता चुनौति सामना गर्नुपर्ने रहेछ ?
– पहिलो कुरा त महिलाले सञ्चालन गरेको व्यवसायलाई बैंक र फाइनान्सले ऋण दिन आनाकानी गर्छ । दोस्रो कुरा स्टाफले टेर्न खोज्दैन । त्यसपछि सुरक्षा र व्यवहारको कुरा आउँछ । यी सबै कुरालाई ट्याकल गर्दा छुच्चोजस्तो भइँदो रहेछ ।

० दुरव्यवहार पनि भयो कि ?
– त्यस्तो त छैन, तर महिला प्रगति गर्दै अगाडि बढेको यो समाजले अझै पनि रुचाउँदैन । यहाँ महिलाको प्रगतिलाई ‘पोथी बासे’ को संज्ञा दिइन्छ ।

० विवाह गर्नुभयो ?
– गरें, तर एक्लो जीवन बिताइरहेको छु ।

० किन नि ?
– धेरै निजी कुराको चर्चा नगरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *