काठमाडौं । प्रहरीले दाङबाट चोरी आरोपमा श्रीमान–श्रीमती सहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा दाङको घोराही उपमहानगरपालिका-१ हर्नोक बस्ने २४ वर्षीय प्रदीप भनिने विज्ञान घर्ती, घोराही-१५ भीमसेन टोलका ४१ वर्षीय सदन सुनार, घोराही-१५ कै ३२ वर्षीय विक्रम चौधरी र सोही ठाउँकी २५ वर्षीया प्रतीक्षा केसी रहेको प्रहरीले जानका्री दिएको छ ।
उनीहरुलाई दाङ प्रहरीले बुधबार पक्राउ गरेको हो । उनीहरुमध्ये घर्ती चोरी गर्ने व्यक्ति चौधरी र केसी चोरीको सामान बेच्ने व्यक्ति र सुनार भने चोरीको सामान किन्ने व्यक्ति रहेको प्रहरीको भनाइ छ । पक्राउ परेका मध्ये चौधरी र केसी श्रीमान्श्री-मती रहेको प्रहरीले जानकारी दिएको छ ।