काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको जन्म दिनको अवसरमा केक काटेर ‘केपी ओली कप’को शुभारम्भ गरिएको छ । एन्फा कम्प्लेक्समा आइतबार ओलीले ७४ औँ वर्षमा प्रवेश गरेको अवसरमा ओलीले केक काटेर ‘केपी ओली कप’को शुभारम्भ गरीएको हो ।
एमाले निकट राष्ट्रिय युवा संघ नेपालको आयोजनामा आइतबारदेखि काठमाण्डूमा तेस्रो संस्करणको केपी ओली कप फुटबल च्याम्पियनसिप भइरहेको छ । प्रतियोगिताको पहिलो खेल एन्फा कम्प्लेक्समा दिउँसो ३ बजेदेखि उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी र एपीएफ एफसी हुने जनाइएको छ ।
प्रतियोगितामा दुई विदेशीसहित ९ टोलीले सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११, दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने युवा संघले जनाएको छ ।