>

प्रधानमन्त्री ओलीविरुद्ध भीम रावलको १५ बुँदे टिप्पणी

काठमाडौं । एमालेका पूर्व नेता तथा मातृभूमि जागरण अभियानका संयोजक डा.भीम रावलले प्रधानमन्त्री के.पी. शर्मा ओली देश र जनताप्रति जिम्मेवार नभएको टिप्पणी गरेका छन् ।

मंगलबार (आज) सामाजिक सञ्जाल फेसबुक मार्फत रावलले प्रधानमन्त्री ओलीले व्यक्तिगत कुण्ठाका कारण आफू एमालेबाट निकालिएको बताएका हुन् । १५ बुँदे आरोपपत्र सार्वजनिक गर्दै रावलले यस्तो दाबी गरेका हुन् ।

उनले फौजदारी अभियोग र मुद्दा लागेका, गुण्डागर्दी र अनैतिक क्रियाकलापको घेरामा रहेकाहरूलाई कारबाही गर्नु त टाढाको कुरा स्पष्टीकरणसम्म पनि नसोध्ने, उल्टै राज्य र पार्टीका महत्वपूर्ण पद र अवसर दिने काम गरेको उल्लेख गरेका छन् ।

भूमाफिया, दलाल र बिचौलियाहरूको स्वार्थ पूरा गर्न अध्यादेश ल्याउने र त्यस्तो अध्यादेशमा सांसदहरूलाई यथोचित छलफल गर्न रोक्ने दुराशयले संक्षिप्त प्रक्रियाद्वारा अध्यादेश पारित गर्ने निर्णय मन्त्रिपरिषद् बाट गर्ने काम पनि जनविरोधी भएको उनले उल्लेख गरेका छन् ।

रावलले पार्टीका जनसङ्गठन, भ्रातृ सङ्गठन तथा विभिन्न स्तरका कमिटीहरूमा चुन्ने र चुनिन पाउने अधिकारको सम्मान गर्नुको साटो आफ्ना अन्धभक्तहरूलाई नेतृत्वमा ल्याउन केन्द्रबाट दबाब दिने काम ओलीबाट हुने गरेको आरोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *