>

प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दैछन् । ओलीले मध्याह्न १२ बजे प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने कार्यसूची छ ।

गत असार अन्तिममा प्रधानमन्त्री नियुक्त भएपछि ओलीले प्रदेशसभालाई सम्बोधन गर्न लागेको यो पहिलोपटक हो । बैठकलाई प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने कार्यसूची प्रकाशन गरिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम ९२० मा सभालाई प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने उल्लेख छ । प्रदेश सभालाई सम्बोधन गरेपछि आजै ओलीले घोराहीमा आयोजित सभालाई सम्बोधन गर्ने र तुल्सीपुरमा एक होटलको उदघाटन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *