>

चोरेको लितहरी बेच्ने विषयमा विवाद हुँदा ११ वर्षीय बालकको हत्या

दैलेख । दैलेखमा चोरीको तिलहरी बच्ने विषयमा विवाद हुँदा एक बालकको हत्या भएको छ । दुल्लुका ११ वर्षीय बालकको हत्या आरोपमा १४ र १७ वर्षका बालकलाई आइतबार पक्राउ गरिएको दैलेख प्रहरी प्रमुख डीएसपी सुनिल दाहालले जानकारी दिए ।

मृतक गत माघ २५ माघमा घर नआएपछि त्यसको परिवारको भोलिपल्ट इलाका प्रहरी कार्यालय दुल्लुमा निवेदन दिएका थिए । उनका साथीहरुले दिएको बयानपछि नजिकै खोलामा खाल्डो खनेर गाडिएको अवस्थामा प्रहरीले शव उत्खनन् गरेको छ ।

पक्राउ परेका दुवै बालक प्रहरीको बाल निगरानी कक्षमा छन् । डीएसपी दाहालले तीन जना मिलेर तिलहरी चोरेको र बिक्री गर्ने क्रममा विवाद भएपछि एक जनाको हत्या भएको खुल्न आएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *