>

तथ्यपरक भएर आफ्ना विचार संप्रेषण गर्न सांसद ज्ञानेन्द्र शाहीलाई राष्ट्रिय सभाको निर्देशन

काठमाडौं । राष्ट्रिय सभाले प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीलाई सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक भएर आफ्ना विचार संप्रेषण गर्न निर्देशन दिएको छ ।

आईतवारको राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सभाको तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक शाहीलाई सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक भएर आफ्ना विचार संप्रेषण गर्न निर्देशन दिएका हुन् ।

राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले शुन्य समय र विशेष समयमा प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले राष्ट्रिय सभाको काम कारबाहीका सन्दर्भमा प्रश्न उठाएकोप्रति आपत्ति जनाएका थिए । सोही विषयलाई लिएर सभाका अध्यक्ष दाहालले विधेयकको सम्बन्धमा यथार्थ अवस्था अध्ययननै नगरी शाहीले कपो कल्पित झुट र यथार्थ भन्दा बाहिर गइ आफ्ना अभिव्यक्ति दिएका बताए । सांसद शाहीको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण रहेको भन्दै सभाले खेद प्रकट गरेको छ ।

अध्यक्ष दाहालले सांसद शाहीले सभाका सदस्यहरुको योग्यता,क्षमता र उमेरको सम्बन्धमा समेत गैर जिम्मेवारपूर्ण ढंगले धारणा राखेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *