>

११ महिनापछि शेखर–गगनबिच भेटवार्ता, के कुराकानी भयो ?

काठमाडौं । नेपाली कांग्रेसमा इतर समूहको नेतृत्व गरेका नेता डा.शेखर कोइराला र महामन्त्री गगन थापाबिचच ११ महिनापछि आज शुक्रबा भेटवार्ता भएको छ ।

आज बिहान डा. कोइरालाको बालुवाटारस्थित सचिवालयमा दुई नेताबिच भेटवार्ता भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिएका छन । यसअघि उनीहरूबिच गत असार ३० गते मन्त्री पठाउने विषयमा छलफल भएको थियो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

त्यसपछि बल्ल आज भेट भएको स्वकीय सचिव थपलियाले जानकारी दिएका छन । पार्टीको १४ औँ महाधिवेशनमा एउटै प्यानलबाट सभापति र महामन्त्री लडेका नेताद्वयबिच पछिल्लो समय सम्बन्धमा सौहार्दता नभएको चर्चा हुँदै आएको थियो ।

8 thoughts on “११ महिनापछि शेखर–गगनबिच भेटवार्ता, के कुराकानी भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *