>

देशमा ठूलो आन्दोलनको आवश्यकता महसुस हुन थाल्योः प्रचण्ड

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा ठूलो आन्दोलनको आवश्यकता महसुस हुन थालेको बताएका छन ।

आज (आइतबार) संविधान निगरानी समूह र आइएसएसआरले काठमाण्डूमा आयोजना गरेको ‘संविधान कार्यान्वयनको एक दशक र संवैधानिक सुधारको आवश्यकता’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले प्रदेशलाई अधिकार दिन नचाहने, स्थानीय तहलाई बलियो बनाउन नचाहने तर शासनमा बसिरहने गर्दा अधिकारको लागि एउटा ठूलो आन्दोलनको महसुस भइरहेको हो कि भन्ने आफूलाई लाग्न थालेको पनि बताएका छन ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

प्रचण्डले भने, ‘जनतामा बढ्दै गएको निराशा र असन्तुष्टिले आन्दोलनको आवश्यकता भएको हो कि भन्ने आफूलाई लाग्न थालेको बताएका हुन् । ‘म अहिले विद्रोह गर्ने निष्कर्षमा पुगेँ भनेको होइन । तर, जनतामा असन्तुष्टि र निराशा बढेको बढ्यै छ । युवामा देखिएको निराशा हेर्दा, दलहरूले संविधान मिचिरहेको देख्दा यो प्रश्न मानिसहरूको मनमा आउँदैछ भन्ने लाग्न थालेको छ,’ उनले भने ।

पछाडि फर्कन चाहने सोच भएकाहरू मुलुकमा हावी भइरहेको भन्दै प्रचण्डले संविधानले दिएका अधिकार कार्यान्वयन हुन नदिने अवस्था सिर्जना गरेर असन्तुष्टि बढाइएको पनि उनले बताएका छन । उनले संविधान मिचेर तथा राष्ट्रपतिलाई निरिह बनाएर वर्तमान सरकार गठन भएको पनि बताएका छन ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

उनले भने, ‘संविधान मिचेर, राष्ट्रपतिलाई जबरजस्ती दबाब दिएर, निरिह बनाएर बनेको सरकार हो यो,’ प्रधानन्यायाधीशसमेत उपस्थित कार्यक्रममा उनैलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘सम्माननीय प्रधानन्यायाधीश यहीँ हुनुहुन्छ । संविधानको धारा ७६ को २ अनुसार बनेको सरकारले विश्वासको मत लिन नसकेपछि स्वतः ७६ को ३ अनुसार सबैभन्दा ठूलो दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने हो । तर, संविधान मिचेर यो सरकार बन्यो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *