>

राजतन्त्र पुनर्स्थापनाको माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं । राजतन्त्र पुनर्स्थापनाको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । फागुन ७ गते पूर्व राजा ज्ञानेन्द्र शाहले देश बचाउनका लागि आफूलाई साथ दिन गरेको आह्वानलाई समर्थन गर्दै शाही युवा शक्ति नेपालको आयोजनामा शनिबार युवाहरुको समूहले काठमाडौंको सामाखुशीदेखि नारायणहिटी संग्रहालयसम्म र्‍यालीसहित प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले नेपालको झण्डा बोकेर राजतन्त्रको पक्षमा नाराबाजी गरेका थिए । प्रदर्शनका क्रममा शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले देश बचाउनका लागि हिन्दू राष्ट्रसहितको राजसंस्था आवश्यक रहेको बताए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

शनिबार नै काठमाडौंको बसन्तपुरमा पनि राजतन्त्र पुनःवहालीको माग गर्दै र्‍याली निकालिएको थियो । युवा विश्व हिन्दू महासंघ हनुमानढोकाको आयोजनामा राजतन्त्र बहालीको माग गर्दै र्‍याली निकालिएको हो । र्‍यालीमा सहभागीहरुले देश र जनताको हितका लागि राजसंस्था पुनः बहालीको बिकल्प नभएको बताए ।

बसन्तपुरबाट निकालिएको र्‍याली जैसीदेवल, लगन, दरबारमार्ग हुँदै पुनः हनुमानढोकामा पुगेर टुंगिएको थियो । सो क्रममा सहभागीहरुले राजतन्त्रको पक्षमा नाराबाजी गरेका थिए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *