>

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा रुपन्देहीको दरवहवा भुवनेश्वरी कोटहीमाई मन्दिरमा पूजाअर्चना

काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाहले रुपन्देहीको शुद्वोधनमा रहेको दरवहवा भुवनेश्वरी कोटहीमाई मन्दिरमा पूजाअर्चना गरेका छन । केही समयदेखि भैरहवामा रहदै आएका पूर्वराजाले बिहीवार शुद्वोधन गाउपालिका पाँचको शित्तलपाटीमा रहेको मन्दिरमा पत्नी कोमल र परिवारका सदस्यका साथ पुगेर पूजाअर्चना गरेका हुन । पूर्वराजालाई सुबेच्छुक र सर्वसाधारणले भब्य स्वागत तथा अभिनन्दन गरेका थिए ।

पश्चिमका जनताको पीर मर्का बुझ्न भन्दै निस्केका पूर्वराजा शाहले मन्दिर दर्शन गर्न जाँदा स्थानीयसँग भलाकुसारी समेत गरेका थिए । पूर्वराजालाई स्वागत गर्दै स्थानीयले मुलुकमा राजसंस्था अझै आवश्यक रहेको बताएका छन ।

एकसाता अघि पूर्वराजाले भारतको गोरखपुर पुगेर गोरखनाथको पूजाअर्चना गरेका थिए । त्यसअघि उनले कपिलबस्तु र रुपन्देहीका शक्तिपीठमा पनि पूजाअर्चना गर्नुका साथै स्थानीयसँग भलाकुसारी गरेका थिए । तराई मधेस क्षेत्रको भ्रमणका क्रममा पूर्वराजाले धार्मिक स्थलको भ्रमण गर्ने गरेका छन । साथै उनले नागरिकका समस्याबारे जानकारी समेत लिने गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *