
कोही बनको राजा
कोही धनको राजा
कोही देशको राजा
कोही मन मनै भन्छन
कोही मुखै खोलेर मन्छन
कोही धम्काएर भन्छन
कोही थर्काएर भन्छन
कोही तर्साएर भन्छन
कोही डराएर भन्छन
कोही कराएर भन्छन
म ठुलो म ठुलो
तर म भन्छु
जो दिलको राजा
जो मनको राजा
जो इमानको राजा
जो जमानको राजा
उही ठुलो उही ठुलो…..