>

चलचित्र ‘एक्टर’आजबाट प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘एक्टर’ आजबाट प्रदर्शनमा आएको छ । यो चलचित्र आजदेखि देशभरका करिब ७० वटा सिनेमा हलमा एकसाथ प्रदर्शनमा आएको छ ।

युवा पुस्तालाई लक्षित कथावस्तु समेटिएको यो चलचित्रलाई टेलिभिजन पत्रकार मनोहरी थापाले निर्माण गरेका हुन् । यो चलचित्रबाट प्रिन्स थापा मगर नायकका रूपमा डेब्यु गरेका छन् ।

चलचित्रमा प्रिन्स थापा मगर, आलवा शिवानी गिरि, कशिस दाहाल, निशा केसी भण्डारी, कृष्ण मल्ल, सरोज खनाल, महेन्द्र मैनाली, शिबु शाह लगायतका कलाकारको अभिनय छ । यस चलचित्रमा सम्राट थापाको कथा तथा संगीत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *