>

काँग्रेस सांसद राईमाथि अनुसन्धान गर्न निर्देशन

काठमाडौँ । काठमाडौँको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको बचत अपचलनको आरोप लागे पनि प्रतिवादी नबनाएपछि नेपाली काँग्रेसकी सांसद माया राईमाथि सरकारी वकिलले थप अनुसन्धान गर्न निर्देशन दिएका छन्।

उनी स्वर्णलक्ष्मीको सहसचिव रहेकी थिइन्। तर उनलाई उन्मुक्ति दिएको आरोप छ। जिल्ला प्रहरी परिसर काठमाडौँले ४४ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो। तर सरकारी वकिलको कार्यालय काठमाडौँले ३९ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाएको थियो।

भोजपुरकी राई काँग्रेसकी समानुपातिक सांसद हुन्। सरकारी वकिल कार्यालय काठमाडौँका अनुसार प्रहरीले काँग्रेस सांसद राईको नाम प्रतिवेदनमा राखेको भए पनि बतन नखुलेको हुँदा प्रतिवादी नबनाइएको हो।

राई सांसद भएको चर्चापछि अनुसन्धान प्रारम्भ गर्न प्रहरीलाई निर्देशन दिएको पनि बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *