>

सुदुरपश्चिमका पुर्वमुख्यमन्त्री सोडारीविरुद्ध मुद्धा दायर

काठमाडौँ । सुदुरपश्चिम प्रदेशका पुर्व मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्री एवं हाल प्रदेश सभा सदस्य दीर्घ बहादुर सोडारीविरुद्ध  भ्रष्टाचारको आरोपमा मुद्धा दायर भएको छ ।

सोडारीको २०७४ देखि २०७९ सम्म बैंक मौज्दात, पारिश्रमिक बचत, दैनिक भ्रमण भत्ता बचत, गैरसरकारी संस्थाबाट प्राप्त भत्ता आय, श्रीमतीको पारिश्रमिक वचत, छोराको पारिश्रमिक र दैनिक भ्रमण भत्ता बचत,  बुहारीको पारिश्रमिक बचत, कृषि आय, बुबा र आमाले प्राप्त गरेको सामाजिक सुरक्षा भत्ता बचत र बैंक ब्याज आयसमेत गरी जम्मा पचासी लाख एकाउन्न हजार तीन सय चौतीस रूपैयाँ वैधानिक आय देखिएको अख्तियारले जनाएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

अख्तियारले यसैगरी सोही जाँच अवधिमा उनको सम्पत्ति एक करोड त्रियानब्बे लाख उनानब्बे हजार देखिएको भन्दै एक करोड आठ लाख अठ्तीस हजारको सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको भन्दै भ्रष्टाचारको आरोपमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।

उनले सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको भन्दै एक करोड ८ लाख अठ्तीस हजार तीन सय बिगो अनुसार कैद र बिगोबमोजिम जरिवाना माग गर्दै आज विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरेको अख्तियारले जनाएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *