>

विप्लवले विनोद चौधरीलाई बेचे दुई लाख किलो आलु

दाङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले अर्बपति व्यापारी एवं काँग्रेस सांसद् विनोद चौधरीलाई दुई लाख किलो आलु बेचेको बताएका छन् ।

तुलसीपुरमा सोमबार साँझ आयोजित एक कार्यक्रममा उनले चौधरीलाई आफूहरूले उत्पादन गरेर आलु बिक्री गरेको बताए । चौधरीसँग आफूले काठमाण्डूमा भेटेको र त्यस क्रममा उनले चमत्कार जस्तो लागेको बताएको दाबी चन्दले गरे ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

‘आलु त हामीले विनोद चौधरीलाई नै दियौं र अस्ति उहाँसँग काठमाण्डूमा भेट पनि भएको थियो ।

उहाँले मेरो लागि त त्यो एउटा मिरेकल जस्तै हो भन्नु भएको थियो’, चन्दले भने, ‘उहाँ (चौधरी) लाई लागेको हुँदो हो यिनीहरूले बढीमा २०–३० हजार किलो आलु उत्पादन गर्ने भनेर । तर टार्गेट भन्दा बढी उहाँलाई लगभग दुई लाख किलो आलु हामीले उहाँलाई उपलब्ध गरायौं ।’

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

पछिल्लो समय आफूले कैलालीका आलु किसानसँग अन्तरक्रिया गरेको र उनीहरू उत्साहित भएको बताए ।

फरक प्रसंगमा चन्दले आफ्नो पार्टीले काठमाण्डूसहित नेपालका विभिन्न तीन ठाउँमा उद्योगको सुरूवात गरेको र ती उद्योग नाफामा चलिरहेको उल्लेख गरे ।

One thought on “विप्लवले विनोद चौधरीलाई बेचे दुई लाख किलो आलु

Leave a Reply

Your email address will not be published. Required fields are marked *