>

बसको ठक्करबाट दुई शिक्षकसहित तीन पैदलयात्रीको मृत्यु, अनियन्त्रित बस उपमेयरको घरभित्र पस्यो

मकवानपुर । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–३ मा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । पछिल्लो पटक सिराहाको औराही नगरपालिका निवासी ३३ वर्षीय रघुनन्दन यादवको सोमबार राति राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा यसअघि थाहा–९ का ३४ वर्षीय कृष्ण बलामी र विष्णुपुर–५ सप्तरीका लोकेन्द्रकुमार ठाकुरको मृत्यु भएको थियो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

तीनै जना पैदल हिंडिरहेका बेला बा३ख ५९९० नम्बरको बसले ठक्कर दिएको थियो । अनियन्त्रित बस पैदलयात्रीलाई ठक्कर दिएर थाहा नगरपालिकाका उपमेयर भरत गोपालीको घरभित्र पसेको थियो । प्रहरीले बसको ब्रेक फेल भएर दुर्घटना भएको जनाएको छ । मृतकमध्ये ठाकुर र यादव स्थानीय झम्केश्वरी माविका शिक्षक हुन् ।

घाइतेहरु बारा जितपुर सिमराका कमलेशकुमार साहको काठमाण्डू तथा बारा कोल्बिका रामगुलाम चौधरी र छेयाङ दोर्जे लामाको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

यसैबीच प्रहरीले बस चालक २९ वर्षीय राजेश कार्कीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाएको छ ।

One thought on “बसको ठक्करबाट दुई शिक्षकसहित तीन पैदलयात्रीको मृत्यु, अनियन्त्रित बस उपमेयरको घरभित्र पस्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *