>

भिडियोमा हेर्नुस् ट्राफिक प्रहरीको मुस्कानसहितको सेवा ?

काठमाडौँ । ट्राफिक प्रहरीले एक सर्वसाधारण व्यक्तिलाई निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीको आचरणमाथि गम्भीर प्रश्न उठेको छ। सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिएको उक्त भिडिओमा चार जना ट्राफिक प्रहरी देखिन्छन्, जसमा एक सर्वसाधारणलाई लडाएर बुटले प्रहार गरिरहेको देखिन्छ।

भिडियोमा ट्राफिक पोसाकमा रहेका एक व्यक्तिले ती व्यक्तिलाई पटक-पटक लडाएर कुटपिट गरिरहेको स्पष्ट देखिन्छ। सर्वसाधारणको कागजात सडकमा फ्यालेर हिँडिरहेको दृश्यले ट्राफिक प्रहरीको व्यवहार र शिष्टाचारबारे गम्भीर बहस सिर्जना गरेको छ। भिडियोको स्थान यकिन नभए पनि ‘कीर्तिपुर यातायात’ लेखिएको बस र सडकमा बाक्लो मोटरसाइकलको चाप देखिएकाले यो दृश्य काठमाडौँ उपत्यकाकै हुन सक्ने अनुमान गरिएको छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, उक्त घटनाबारे प्रारम्भिक जानकारी संकलनको प्रक्रिया सुरु गरिएको छ। अहिले भिडियोको सत्यता र स्थानको यकिन पहिचान जारी छ ।

घटनाबारे थप अनुसन्धान भइरहे पनि सार्वजनिक रूपमा प्रहरीले कुनै स्पष्ट वक्तव्य दिएको छैन। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यस घटनालाई ट्राफिक प्रहरीको दमनकारी प्रवृत्तिको उदाहरण भन्दै तीव्र आलोचना गरिरहेका छन्। धेरैले यसलाई सामान्य नागरिकमाथिको दमनको रूपमा व्याख्या गरेका छन्।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

यस घटनाले ट्राफिक प्रहरीको तालिम, मनोविज्ञान र व्यवहारगत पक्षमा पुनर्विचार आवश्यक रहेको संकेत दिएको छ। घटनाको पूर्ण यकिन र दोषी प्रहरीमाथि कारबाही नहुन्जेल ट्राफिक प्रहरीप्रतिको जनआस्था र सम्मानमा गम्भीर असर पर्ने देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *