>

परराष्ट्र मन्त्री डा. राणा र युक्रेनी विदेशमन्त्रीबीच दिल्लीमा भेटवार्ता ७ नेपालीलाई रिहा गरिदिन आग्रह

काठमाडौँ। परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले युक्रेनको विदेश मन्त्री आन्द्रिई सिबिहासँग भेटवार्ता गरेकी छन् । भारतको राजधानी नयाँ दिल्लीमा जारी राइसिना संवादमा सहभागिताका लागि आएका बेला सिबिहासँग परराष्ट्र मन्त्री देउवाले छुट्टै भेट गरेकी हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले उल्लेख गरेअनुसार, भेटका क्रममा उनले युक्रेनी सेनाद्वारा युद्धबन्दीका रूपमा कब्जा गरिएका ७ जना नेपालीलाई रिहाइ गर्न आग्रह गरेकी छन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

‘उनीहरूको रिहाइ र स्वदेश फिर्तीको प्रक्रियालाई सहज बनाउन अनुरोध गरेँ’, उनले भनेकी छन्, ‘हामीले नेपाल–युक्रेन सम्बन्ध सुदृढ गर्ने सम्भावनाहरूबारे पनि छलफल गरेको छु ।’सोही अवसरमा नेपाल र युक्रेनबीच कूटनीति, अफिसियल र सेवा राहदानी वाहकहरूका लागि भिसा छुट सम्बन्धी सम्झौतामा पनि हस्ताक्षर भएको उनले भनेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *