काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसद् आफूले व्यक्त गरेको अभिव्यक्तिप्रति आत्म समीक्षा गर्दै क्षमा याचना गरेका छन् ।
प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा उनले यही चैत ३ गतेको बैठकमा व्यक्त गरेको विचारप्रति क्षमा याचना गरेका हुन् । उक्त दिन प्रमुख सचेतक घिमिरेले यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने धारणा व्यक्त गरेका थिए ।
घिमिरिले आइतबार प्रतिनिधिसभा बैठकमा नेपालको आर्थिक र पर्यटन क्षेत्रको विकासका लागि यौन व्यवसाय प्रवद्र्धन गर्नुपर्ने अभिव्यक्ति दिएका थिए ।
उक्त अभिव्यक्तिलाई लिएर पार्टीभित्र र बाहिर घिमिरेको चर्को आलोचना भइरहेको छ । सोमबारको प्रतिनिधिसभा बेठकमा माओवादी, राप्रपासहित प्रतिपक्षी दलका सांसदले घिमिरेको अभिव्यक्तिप्रति देख व्यक्त गरेका थिए ।
बसेको कांग्रेस पदाधिकारी बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत नेताले घिमिरेको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए । घिमिरेले संसदबाटै आफ्नो अभिव्यक्ति फिर्ता लिएर क्षमा माग्नुपर्ने उनीहरुको भनाइ थियो ।
बैठकमा नेताहरूले आपत्ति जनाएपघि सभापति शेरबहादुर देउवासहित पदाधिकारीले घिमिरेलाई देउवानिवास बूढानिलकण्ठ बोलाएर स्पष्टीकरण सोधेका थिए ।
संसदमा नबोले पनि ईश्वरी न्यौपाने, सीता गुरुङलगायतले सभापति देउवालाई भेटेर घिमिरेको अभिव्यक्तिबाट आफूहरु लज्जित भएको बताएका थिए ।