काठमाडौं । पूर्वउपप्रधानमन्त्री र गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध चितवन जिल्ला अदालतमा आज मुद्दा दर्ता हुने छैन। साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी मुद्दामा अदालतमा हिजै मुद्दा दर्ता गर्ने तयारी थियो, तर वकिलहरूको कार्यव्यस्तताका कारण आज मात्रै यो मुद्दा दर्ता हुने भएको छ।
सरकारी वकिल कार्यालयले लामिछानेसहित १४ जना र ६ वटा संस्थाविरुद्ध सहकारीको रकम हिनामिना गरेर ठगी गरेको अभियोगसहित मुद्दा दर्ता गर्ने तयारी गरेको थियो।
चितवनमा आयोजित एक कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलसहित जिल्ला अदालत र सरकारी वकिल कार्यालयका वकिलहरू सहभागी थिए। सरकारी वकिल कार्यालयको स्रोतले भने, “केही वकिलहरूको कार्यव्यस्तताका कारण आजमात्रै मुद्दा दर्ता हुनेछ।”
यसअघि, चितवन जिल्ला सरकारी वकिल कार्यालयले तथ्यांकको नमिलाइको कारण पुनः अनुसन्धान प्रक्रिया पुरा गरेर प्रतिवेदन पेस गर्न फाइल प्रहरीको पास गरेको थियो। प्रहरीले अनुसन्धान प्रक्रिया मिलाएर एक हप्ता अघि फाइल सरकारी वकिल कार्यालयमा पठाएको थियो।
रवि लामिछानेसहितका व्यक्तिहरू विरुद्ध ठगी र संगठित अपराध कसुरमा मुद्दा दर्ता गर्न लागिएको सरकारी वकिल कार्यालयका एक कर्मचारीले जानकारी दिएका छन्।