>

मातृभूमि जागरण अभियानलाई नेकपा एमालेका नेता–कार्यकर्ताले समर्थन गर्ने घोषणा

काठमाडौं । नेकपा एमालेका ५९ जना नेता–कार्यकर्ताले डा. भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई समर्थन गर्ने घोषणा गरेका छन् ।

उनीहरुले संयुक्त विज्ञप्ति निकालेर रावलको साथ रोजेको बताएका छन् ।विज्ञप्तिमा नेकपा एमाले केन्द्रीय पर्यटन विभाग सदस्य रमेश बहादुर कुँवर, नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्यहरु चक्र रावल, जंग विक, केशर मियाँ, निर्मला रावललगायतले डा. भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई साथ दिने भएका छन् ।

अनुशासन उल्लंघन गरेको भन्दै रावललाई एमालेको २०८१ पुस १० गतेको सचिवालय बैठकले पार्टीबाट निष्कासन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *