>

पाँच दिनदेखि जलिरहेको छ मनाङ

मनाङ। मनाङमा शुक्रबार बेलुकीदेखि लागेको आगो अझै पनि नियन्त्रणमा लिन सकिएको छैन। चामे गाउँपालिका-१ स्थित तिमाङ जंगलमा लागेको आगो सोमबारसम्म पनि फैलिरहेको छ। जिल्ला प्रशासन कार्यालयले आगो नियन्त्रण गर्नका लागि जिल्ला भरिका तीनवटै सुरक्षा निकाय परिचालन गरिएको छ, तर जटिल भूगोल र भिरमा आगो फैलिएको कारणले आगो नियन्त्रणमा ल्याउन कठिनाइ भइरहेको बताएको छ।

प्रमुख जिल्ला अधिकारी मातृका आचार्यका अनुसार आगो निभाउनका लागि सुरक्षा निकाय र स्थानीय टोली जुटिरहेका छन्, तर बस्तीभन्दा टाढा र उच्च स्थानमा आगो फैलिएको हुँदा यसलाई नियन्त्रण गर्न सकिएको छैन। “आगलागी बस्तीबाट टाढा रहेको जटिल भूगोलमा भएकोले नियन्त्रण गर्न समस्या भइरहेको हो। यद्यपि, अन्यत्र आगो फैलिन नदिनका लागि प्रयासहरू जारी छन्,” उनले भने।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख ढकबहादुर भुजेलले बताए अनुसार, सुक्खायामको समय र जंगलमा रहेका सुख्खा ठुटा र सल्लाको काठका कारण आगो फैलन सक्ने जोखिम बढेको छ। “प्रत्येक वर्ष संरक्षण क्षेत्रमा आगलागी हुने गरेको छ। सुख्खायाम र हावाहुरीका कारण आगो फैलन सक्छ,” उनले थपे। सोमबारसम्म करिब डेढ हेक्टर क्षेत्रफलमा आगो फैलिएको जानकारी भुजेलले दिएका छन्।

आगलागीले वनजंगलका महत्वपूर्ण जडीबुटीहरू, जस्तै वनआलु, लौठसल्ला, जटामसी, पाँचऔंले, गुची च्याउलगायत नष्ट हुने जोखिम पनि बढाएको छ। साथै, आगलागीले वन्यजन्तुहरूको बासस्थानमा पनि प्रभाव पार्न सक्छ। “चराचुरुङ्गी र वन्यजन्तुका लागि खतरा हुनसक्छ, साथै याकचौंरीका चरन क्षेत्रसमेत नष्ट हुने सम्भावना छ,” भुजेलले भने।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

गत वर्ष २०७७ मङ्सिर २ गतेदेखि लागेको आगो दुई महिनापछि मात्रै नियन्त्रणमा आएको थियो, जसका कारण मनाङको १,२०० हेक्टर क्षेत्रफल वनजंगल नष्ट भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *