काठमाडौँ । पाटन उच्च अदालतले प्रदर्शन तयारीमा रहेको फिल्म ‘लाज शरणम’को प्रचारप्रसार सामाजिक सञ्जाल र सञ्चार माध्यममा नगर्न र नगराउन अन्तरिम आदेश दिएको छ ।
पूर्वमन्त्री मोहम्मद अफताव आलमको मुद्दामा सुनुवाइ गर्दै मंगलबार न्यायाधीधद्वय लालबहादुर कुँवर र हेमन्त रावलको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।
फिल्ममा आफ्नो अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज आफ्नो अनुमतिबिना प्रयोग गरिएको र त्यसलाई रोक्न माग गर्दै आलमले रिट दायर गरेका थिए । चलचित्र विकास बोर्डलाई विपक्षी बनाउँदै आलमले रिट दायर गरेका थिए ।