>

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

काठमाडौँ । विश्व वातावरण दिवस २०२५ को अवसरमा एनसेल फाउन्डेसन, खालिसिसि र बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमा आयोजना गरिएको नेपालको पहिलो राष्ट्रिय स्तरको वेस्ट ह्याकाथन तीन उत्कृष्ट टिमलाई पुरस्कृत गर्दै सम्पन्न भएको छ ।

फोहरमैला व्यवस्थापनमा केन्द्रित यस किसिमको यो पहिलो ह्याकाथनमा सहभागीताका लागि ४०० भन्दा बढी आवेदकहरु रहेका थिए र अन्तिममा १३ उत्कृष्ट टोली छनौटमा परेका थिए । यसरी छानिएका टोलिहरुले प्रविधिमा आधारित समाधानहरू प्रस्तुत गर्दै नेपालको फोहोर व्यवस्थापन समस्याको समाधानतर्फ नविन पहलहरु प्रस्तुत गरेका थिए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

थापाथली क्याम्पस, इन्जिनियरिङ अध्ययन संस्थानका विद्यार्थीहरूको टिम ईकोलुपले ट्र्यास डिजिटाइज शीर्षकअन्तर्गतको आफ्नो नविन सोलुसन्स- समाधान प्रस्तुत गर्दै प्रथम स्थान हासिल गर्न सफल भएका थिए । यो टिमले फोहोर वर्गीकरण गर्ने, ट्र्याक गर्ने र उत्तरदायी बन्दै व्यवस्थापन गर्न उपभोक्तालाई प्रोत्साहन गर्ने डिजिटल प्लेटफर्मको प्रोटोटाइपको विकास गरेका छ । टिमका सदस्यहरूमा नितेश कुमार साह, धर्मेन्द्र सिंह चौधरी, रमेश कठायत र बिपिन कुमार मरासिनी रहेका छन्।

त्यसैगरी, किङ्स कलेज नेपालका विद्यार्थीहरूको फुलस्ट्याकजिरोवेस्ट टिमले ल्यान्डफिल टु सरकुलेटरी शीर्षकअन्तर्गत उत्कृष्टता प्रदर्शन गर्दै फस्ट रनर अफ अर्थात दोश्रो स्थान प्राप्त गर्यो । सो टिममा कजेलका अंशु रेग्मी, रोजन श्रेष्ठ र कबिश पोख्रेल रहेका थिए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

केन्ड रनर अफ अर्थात तेस्रो स्थान काठमाडौँ विश्वविद्यालयको आर्टिफिसियल इन्टेलिजेन्स विभागका विद्यार्थीहरूको टिम सोर्स कोडले हासिल गरेको थियो । यो टिममा अमन कुमार झा, अंशु पटेल, भवुक थापा र आयुष गौतम थिए र उनीहरुले वेस्ट विथआउट स्मोक शीर्षक अन्तर्गत डेटा र एआईमा आधारित समाधान विकास गरेका थिए । यो समाधानले नगरपालिकालाई फोहोर व्यवस्थापन अनुकूलन र कार्बन उत्सर्जन ट्र्याक गर्न सहयोग पुऱ्याउँछ।

कार्यक्रमको समापन समारोहमा उपस्थित वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो, “नेपाललाई यस्तै स्थानीय स्तरमा आधारित नविन सोलुसन्सहरु आवश्यक छ । फोहोर केवल वातावरणीय मुद्दा मात्र होइन, सामाजिक तथा आर्थिक विषय पनि हो र यस कार्यक्रममा सहभागी युवाहरूले समाधानको सम्भावना देखाएका छन् ।”

यस कार्यक्रमले सर्कुलर इनोभेसनतर्फ नेपालको साहसी यात्रा प्रारम्भ गरेको संकेत गरेको छ । युवावर्ग, प्रविधिविद् तथा वातावरणमा सकारात्मक परिवर्तन ल्याउने ईच्छाशक्ति भएका युवाहरूको सहभागितामा आयोजना गरिएको ह्याकाथनले सहकार्य र सृजनशिलता उजागर गरेको छ । सहभागी टिमहरूले स्मार्ट फोहोर वर्गीकरण प्रणाली, पुनःप्रयोग प्रविधि, सामुदायिक कम्पोस्टिङ समाधान तथा डेटा–सञ्चालित ट्र्याकिङ् प्रणालीजस्ता विषयमा प्रोटोटाइप प्रस्तुत गरेका थिए ।

“यो कार्यक्रम केवल प्रतियोगिता थिएन, सिभिक इनोभेसनकोलागि एक प्लेटफर्म पनि थियो जहाँ युवाहरूले प्रविधि र उद्देश्यको माध्यमबाट हरित भविष्य निर्माण गर्ने दिशामा योगदान दिए । एनसेल फाउन्डेसन सधैं यस्ता परिवर्तनकर्ताहरूलाई सशक्त बनाउन प्रतिबद्ध छ,” एनसेल फाउन्डेसन एन्ड स्पेशल प्रोजेक्ट डाईरेक्टर विशाखा लक्ष्मी खड्काले यस कार्यक्रमबारे आफ्ना् भनाई राख्दै भन्नुभयो ।

खालिसीसीकी संस्थापक तथा अध्यक्ष आयुषी केसीले भन्नुभयो , “हाम्रो उद्देश्य जनचेतना मात्र फैलाउने होइन, व्यवहारिक समाधान पहिचान गर्दै विद्यार्थी, प्रविधिविद् र विशेषगरी महिला नवप्रवर्तनकर्ताहरूलाई सशक्त बनाउनु पनि हो।”

अन्तिम तीन विजेता टोलीहरूले नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ)बाट परामर्श र इन्क्युबेसन सहयोग प्राप्त गर्नेछन्, साथै खालिसीसी, बुढानीलकण्ठ नगरपालिका र सीएनआईवाईइएफको सहकार्यमा पाइलट योजना कार्यान्वयनको अवसर प्राप्त गर्नेछन् ।

यस ह्याकाथनमा ल्यान्डफिलदेखि परिपरिवर्तनसम्म, धुवाँ बिनाको फोहर, फोहरमा महिलाको उद्यमशीलता र डिजिटाईज ट्र्यास गरी चार मुख्य विषयगत क्षेत्रहरूमा केन्द्रित रहेर युवाहरुले आफ्नो प्रस्तुती गरेका थिए । अन्तिम चरणमा पुगेका टोलीहरूमध्ये ४० प्रतिशत भन्दा बढी टोली महिला नेतृत्व वा सह–नेतृत्वका थिए, जसले समावेशी सहभागिता बढ्दै गएको संकेत गर्दछ ।

यस ह्याकाथनले निजी क्षेत्र, सरकारी निकाय र सिभिक इनोभेटर्र्सहरूबीचको प्रभावकारी सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत ग¥यो । कार्यक्रमको सह–आयोजकमा गोल्यन समूह रहेको थियो, र यस कार्यक्रमलाई प्लास्ट नेपाल फाउन्डेसन, कोकाकोला बेभरेजेज नेपाल, सिएनआईवाईईएफ, नबिल बैंक, ग्रो बाई आइडिया, क्लाउडफ्याक्टरी, फ्युजमेसिन, मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी, एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट र व्यापार पाठशालाले सहयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *