काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व मन्त्री लालबालु पण्डितलाई पत्नी शोक परेको छ । पण्डितकी पत्नी विमला महतको बुधबार राति पौने १ बजे ६० वर्षको उमेरमा निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि महत केही समयदेखि उपचार गराइरहेकी थिइन् ।
‘मेरो जीवन संगिनी विमला महतले १२:४५ मा मलाई एक्लो बनाइ,’ पण्डितले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् । विमला लामो समयदेखि मांशपेसीसम्बन्धी रोगबाटपीडित थिइन् । एक वर्षभन्दा बढी समयदेखि पत्नीको स्याहारमा खट्नुपरेका कारण पण्डित राजनीतिक गतिविधिमा खासै सक्रिय थिएनन् ।
https://shorturl.fm/m8ueY
https://shorturl.fm/a0B2m
https://shorturl.fm/TbTre