>

न्युजिल्याण्डका उपप्रधान तथा विदेश मन्त्री पिटर्स आइपुगे नेपाल

काठमाडौं । न्युजिल्यान्डका उपप्रधान तथा विदेशमन्त्री विन्स्टन पिटर्स नेपालको औपचारिक भ्रमणका लागि आज (बुधबार) काठमाण्डूमा आइपुगेका छन् । जेठ १४ र १५ गते दुई दिनसम्म उनी नेपालमा रहने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

न्युजिल्यान्डबाट उच्च तहको तहको यो पहिलो राजनीतिक भ्रमण हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव कृष्ण ढकालका अनुसार श्रीलङ्काको भ्रमण सकेर पिटर्स नेपाल आएका हुन्  ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

उनले आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायत शीर्ष व्यक्तिहरूसँग शिष्टाचार भेट गर्नुको साथै परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग द्वारिका होटलमा दुई पक्षीय भेटवार्ता हुने बताए ।

बिहीबार बिहान उपप्रधान तथा विदेश मन्त्री पिटर्स लुक्ला जाने र फर्केपछि काठमाण्डूका विश्व सम्पदा स्थलको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । पिटर्स बिहीबार साँझ भारतको दिल्ली जाने बताइएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

3 thoughts on “न्युजिल्याण्डका उपप्रधान तथा विदेश मन्त्री पिटर्स आइपुगे नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *