>

युवतीसँगको फोटो सार्वजनिक गरेपछि नवीन मानन्धरलाई बालेनको स्पष्टीकरण पत्र

काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेन प्रवक्ता नवीन मानन्धरसँग क्रुद्ध बनेका छन् । आफूले एक युवतीसँग अंगालो हालेको तस्बिर टेलिभिजनमार्फत सार्वजनिक गरेपछि बालेनले मानन्धरलाई माफीसहित तीन दिनभित्र स्पष्टीकरण पेस गर्न पत्र काटेका छन् । पदमा मेयर ठूलो भए पनि वडाध्यक्ष पनि जनप्रतिनिधि नै भएकाले दुवैमा जुँगाको लडाइँ देखिएको छ । मानन्धर वडा नम्बर १७ का अध्यक्ष हुन् ।

आइतबार पत्रमार्फत स्पष्टीकरण सोधिएको मानन्धरले जानकारी दिए । स्पष्टीकरण सोध्नुको मुख्य कारण मेयर शाहको विरुद्धमा आवाज उठाउनु रहेको उनको भनाइ छ । ‘केही पनि विषय तोकिएको छैन । मैले अहिले बोलिरहेको विषयमा उहाँको आपत्ति रहेको बुझेको छु, यद्यपि पत्र मेरो हातमा परिसकेको छैन,’ उनले भने । पत्रमा उनलाई माफी माग्न निर्देशनात्मक चेतावनी पनि दिइएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

‘मेयर साप’ ले खुलेयाम सिंहदरबार जलाइदिन्छु भन्दा माफी माग्नु नपर्ने, प्रधानमन्त्रीलाई सार्वजनिक रुपमा करप्टेड भन्दा माफी माग्नु नपर्ने, अनि मैले चाहिँ माफी माग्नुपर्ने ?’, उनले भने, ‘म पनि जतप्रतिनिधि हो, उहाँको कारिन्दा हैन, साथीहरुसँग छलफल गर्दैछु, लोकतन्त्र हो यो, उहाँले मात्र बोल्न पाइने मैले बोल्न नपाउने भन्ने हुँदैन ।’

मेयरसँग उपमेयर, वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको लफडा चर्किंदै जाँदा काठमाडौँ महानगरमा स्पष्टिकरणको शृंखला चल्दै आएको छ । केही दिनअघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले नगर प्रहरी प्रमुख राजु पाण्डेसँग स्पष्टीकरण मागेका थिए । गुरागाईलाई कार्यालय भित्र्याउन मानन्धरले अहम् भूमिका निभाएका थिए । पाण्डेलाई स्पष्टीकरण सोधेको झोँकमा मेयर बालेनले पनि मानन्धरलाई स्पष्टीकरण सोधेका हुन् । पछिल्लो समय प्रवक्ता मानन्धर मेयर बालेनप्रति आलोचनात्मक बनेका थिए । बालेनले सूचना प्रविधि समितिको संयोजकबाट मानन्धरलाई हटाएका थिए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

बालेनको सचिवालयले मानन्धरले २६ चैतमा योहो टेलिभिजनमा प्रशारण भएको अन्तर्वार्ताका आधारमा स्पष्टीकरण सोधिएको बताएको छ । अन्तर्वार्तामा मानन्धरले बालेनको चर्को आलोचना गरेका छन् । वास्तुशास्त्रअनुसार कार्यालय डेकोरोसन गर्न बालेनले करोडौं खर्च गरेको, आफू चढ्नका लागि छुट्टै लिफ्ट जडान गरेको, एम्बुलेन्स खरिदमा अनियमितता गरिएको भन्दै मानन्धरले बालेनको आलोचना गरेका छन् ।

‘अहिले भर्खर एउटा केटी जिस्काएको फोटो भाइरल भइरहेको छ । त्यसमा पनि उहाँले (बालेन) केही बोल्नु भएको छ, दुईजना केटीहरूले के बोलेको भनेर सोधिरहेको अवस्था छ । उहाँले बोलेको हामीले बुझिरहेको अवस्था छैन । अरुलाई चैं सुपारी चपाएर बोलेको कि आफैँ सुपारी चपाएर बोलेको,’ मानन्धरले भनेका छन् । यसपछि मानन्धरले बालेनले एउटी युवतीलाई अँगालो हालेको फोटो देखाउँछन् । ‘यस्तो फोटो आउँछ । को हो कोसँग हो हामीलाई के थाहा ? कसरी महानगरको प्रमुख आज के गर्छ कस्तो गर्छ भनेर हामीले कहिल्यै सोधेको अवस्था छ ?’ उनले भनेका छन् ।

2 thoughts on “युवतीसँगको फोटो सार्वजनिक गरेपछि नवीन मानन्धरलाई बालेनको स्पष्टीकरण पत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *