>

तीनकुने घटना: प्रसाईंविरुद्ध कर्तव्य ज्यानको कसुरमा मुद्दा

काठमाडौँ। दुर्गा प्रसाईंसहित २० जनाविरुद्ध जन्मकैदको मागदाबीसहित काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । प्रसाईंसहित आठ जनालाई कर्तव्य ज्यानको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । आइतबार प्रहरी अनुसन्धानका आधारमा तीनकुने घटनामा संलग्न भएको जिकिर सहित जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर जबराविरुद्ध राज्य विरुद्धको कसुरसहित ४ वटा मुद्दामा अभियोजन गरिएको छ । जबरालाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदावी लिइएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र विरुद्ध ४ वटा मुद्दामा अभियोजन गरिएको छ । मिश्र विरुद्ध राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदावी लिइएको छ । जसमा ५० जनालाई राज्यविरुद्धको कसुरमा, ११ जनालाई आपराधिक उपद्वव र ८ जनालाई ज्यान मार्ने कसुरमा मुद्दा चलाइएको छ ।

जिल्ला अदालतका अनुसार कुल ६१ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ । यस्तै चार जना नाबालकलाई बाल अदालतमा मुद्दा चलाउने तयारी भएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

One thought on “तीनकुने घटना: प्रसाईंविरुद्ध कर्तव्य ज्यानको कसुरमा मुद्दा

Leave a Reply

Your email address will not be published. Required fields are marked *