>

गृह मन्त्रालयका सहसचिव भट्टराई हाजिरीजमानीमा छुटे

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा रहेका गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई हाजिरीजमानीमा छुटेका छन् ।

भट्टराईलाई बिहीवार उपस्थित हुने शर्तमा छाडिएको हो । भिजिट भिसामा सेटिङ गरेर रकम असुल्ने गरेको अभियोगमा भट्टराईलाई बुधबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको थियो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा छापा मार्न गएको अख्तियारको टोलीले भट्टराईलाई नियन्त्रणमा लिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत रहेका भट्टराईलाई मंगलबार बेलुका आकस्मिक रुपमा गृह मन्त्रालयमा सरुवा गरिएको थियो ।

भिजिट भिसामा सेटिङ गरेर रकम असुल्ने गरेकोलगायतको सूचनाको आधारमा अख्तियारले अध्यागमन कार्यालयमा छापा मारेको बताइएको छ । अख्तियारको अनुसन्धान टोलीले कार्यालयबाट महत्वपूर्ण कागजातसमेत बरामद गरेको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

यसअघि पनि भट्टराईमाथि भ्रष्टाचारको मुद्दा लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *