>

बाबुरामलाई म बुद्धि नभएको डाक्टरको रुपमा चिन्छुः प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईप्रति कटाक्ष गरेका छन् । हिजो बुधबार रूकुम पश्चिममा आयोजित पत्रकार सम्मेलनमा उनले मानिसहरुले बाबुरामलाई सबैभन्दा बुद्धि नभएका डाक्टरका रुपमा चिन्ने गरेको बताए ।

भट्टराईसँग पार्टी एकता सम्भव नहरेको उनको भनाइ थियो । पार्टी एकता गर्ने भनेरै गत निर्वाचनमा आफू गोरखाबाट उम्मेदवार बनेको उल्लेख गरे ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

यद्यपि चुनावपछि बाबुरामले कम्युनिष्टको नामै सुन्न नचाहेको टिप्पणी गरे । बाबुराम खिइँदै गएर प्रतिक्रियावादीसँग मिल्न पुगेको आरोप पनि लगाए । यद्यपि उनलाई प्रतिक्रियावादीहरुले समेत पत्याउन छाडेको दाबी प्रचण्डको छ ।

देशभर बाबुरामलाई हाँसोको पात्र बनाइएको टिप्पणी समेत उनले गरे । भ्रमबस बाबुरामसँग गएका पूर्वमाओवादीहरु सबै पुरानै घर फर्कने तयारीमा रहेको दाबी प्रचण्डले गरे ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

गंगानारायण श्रेष्ठको नेतृत्वमा बाबुरामको पार्टीमा रहेको ठूलै समूह केही दिनभित्रै माओवादीमा समाहित हुने तयारीमा रहेको जानकारी उनले गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *