>

गृहका सहसचिव तीर्थराज भट्टराई पक्राउ

काठमाडौं । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत रहेका भट्टराई मंगलबार बेलुकामात्र गृह मन्त्रालयमा सरुवा भएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिमान स्थलको आज अध्यागमनमा छापा मारेको थियो । उनलाई अख्तियारले नियन्त्रणमा लिएको हो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

स्रोतका अनुसार भट्टराईले मानव तस्करीको गिरोहसँग साँठगाँठ गरेर भिजिट भिसामा युएइको दुबई लगायत बिभिन्न देशमा पैसा लिएर मानिस पठाउन सहयोग गरेको उजुरी अख्तियारमा परेको थियो । यही बिषयलाई लिएर अख्तियारले उनलाई पक्राउ गरेको हुनसक्ने आशंका गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *