>

राप्रपाको जेठ १५ गते देखिको आन्दोलन शान्तिपूर्ण हुने

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जेठ १५ गतेदेखि सुरु हुने आफूहरूको आन्दोलन हिंसात्मक नहुने बताएका छन् ।

मंगलबार काठमाडौँमा आयोजित आन्दोलन तयारी सभामा बोल्दै लिङ्देनले जेठ १५ गतेदेखि हुने आन्दोलनलाई पूर्ण नियन्त्रणमा राखिने भन्दै कुनै प्रकारको हिंसात्मक प्रदर्शन नहुने बताएका हुन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

उनले सरकारलाई पनि कुनै प्रकारको दमन गर्ने वा हिंसा भड्काउने मौका नदिने बताउँदै मानवअधिकार आयोगका साथै अन्य अन्तर्राष्ट्रिय संघसंस्थाहरुलाई जेठ १५ गते हुने प्रदर्शनको अनुगमन गर्न आग्रह गरिने बताए । अध्यक्ष लिङदेनले यस पटकको आन्दोलनलाई टुङ्गोमा पुराएरै छाड्ने दाबी समेत गरे ।

अध्यक्ष लिङ्देनले प्रधानमन्त्री ओलीले संससदमा ‘हामी त बुढो भयौँ, तपाईं चाहिँ भाग्न मिल्छ’ भनी दिएको अभिव्यक्तिको जवाफ दिँदै सम्झौता गर्न तयार नभए भाग्न नसक्नेहरूलाई हेलिकप्टर सुविधा दिने टिप्पणी समेत गरे । राप्रपा नेपालका अध्यक्ष कमल थापाले जनताको घर–घरमा गएर आफूहरूको आन्दोलनका बारेमा जानकारी गराउने बताए । अबको आन्दोलनको अग्रपंक्तिमा केन्द्रीय नेता हुने भएकाले कुटाइ खानुपरे अग्रभागमा रहेका नेताहरूले खाने उनको भनाइ छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

अध्यक्ष थापाले अबको आन्दोलन शान्तिपूर्ण हुने भएकाले ढुक्क भएर प्रदर्शनमा सहभागी हुन आग्रह गरे । जनताको उपस्थितिबाटै भ्रष्ट शासकहरूलाई पराजित गर्ने र आफ्ना एजेन्डा स्थापित गराएरै छाड्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *