काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) गणतन्त्र दिवस मूल समारो तयारीसम्बन्धी बैठकमा सहभागी नभएकामा प्रधानमन्त्री केपी ओलीले असन्तुष्टि जनाएका छन् ।
ओलीको अध्यक्षतामा सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकमा बालेन सहभागी भएका थिएनन् ।
आगामी १५ जेठमा आयोजना हुने गणतन्त्र दिवस मुल समारोह आयोजनाका लागि ओलीको संयोजकत्वमा गठित समितिमा बालेन पनि सदस्य छन् ।
बैठकमा बोल्दै ओलीले गणतन्त्र दिवसजस्तो राष्ट्रिय महत्वको कार्यक्रममा सहभागी नहुनेलाई आगामी दिनमा नबोलाउन ओलीले सम्वद्धलाई निर्देशन दिए ।
ओलीले बालेन निरन्तर बैठकमा अनुपस्थित रहने गरेकामा तीव्र विरोध गरे । ‘उहाँ पटकपटक यस्तो राष्ट्रिय महत्वको निर्णय गर्ने बेलामा अनुपस्थित रहनुहुन्छ भने अब यो समितिमा राख्नुको औचित्य हुँदैन’, ओलीले भने ।
टुँडिखेलस्थित सैनिक मञ्चमा गणतन्त्र दिवसको मुल समारोह आयोजना गरिएको छ ।