>

टोखाका २५ करोड काण्डको बास्तविक मालिक पत्ता लगाउन सांसद खतिवडाको माग

काठमाडौं, ५ जेठ । नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले टोखाबाट बरामद गरेको २५ करोड बराबरको मालिक पत्ता नलगाएको भन्दै आक्रोश पोखेका छन ।

प्रतिनिधिसभाको जारी बैठकमा सांसद खतिवडाले २५ करोड अवैध विदेशी मुद्राको मुख्य नाइकेलाई अहिलेसम्म पक्राउ नगरेको भन्दै तत्काल पक्राउ गर्नसमेत माग गरेका छन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

विभिन्न गैरकानुनी धन्दा प्रकरणमा ड्राइभर, भरिया पक्रने तर मालिकसम्म नपुग्ने प्रवृत्ति देखिएको भन्दै मुख्य व्यक्तिसम्म पुगेर कारबाही गर्नुपर्ने उनले पुनः माग गरेका हुन् ।

‘केही महिना पहिले सरकारले काठमाडौं टोखाबाट २५ करोड बराबरको अवैध  रकम युरो र डलर गरेर समात्ने काम गर्‍यो एउटा ड्राइभर र व्यापारी पक्राउ गर्‍यो थुन्यो, मूल त्यसको संरक्षण कसले गरिरहेको छ र त्यसको धनी को हो ? अहिलेसम्म सरकारले पत्ता लगाउन सकेको छैन। सधैं ड्राइभर र लोडरलाई थुन्ने ? तर धनी पत्ता नलगाउने । त्यसको कनेक्सन कहाँ–कहाँ छ पत्ता नलगाउने ? सो गैरकानुनी कार्यमा को–को संलग्न छन् सदनलाई जानकारी गराइयोस्,’ उनले भने ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

सो अबैध २५ करोड बराबरको विदेशी मुद्रा प्रकरणमा राजस्व अनुसन्धान विभागले भरिया कुसाङ लामा र नारायण पौडेलविरुद्ध मात्रै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरे पछि सांसद खतिवडा आक्रोशित भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *