>

सगरमाथा संवाद आज समापन हुँदै, घोषणापत्र जारी गर्ने

काठमाडौं । काठमाडौंमा शुक्रबारदेखि शुरु भएको सगरमाथा संवाद आज समापन हुँदैछ । जलवायु परिवर्तनबाट सिर्जित समस्या विश्व समुदायलाई महसुस गराउने मुख्य उद्देश्यले काठमाडौंमा पहिलो पटक तीन दिने सगरमाथा संवाद आयोजना भएको हो ।

आज अन्तिम दिन जलवायु न्यायका कार्य तथा वित्तीय चुनौती विषय उच्चस्तरीय कार्यक्रमपछि काठमाडौं घोषणा पत्र जारी हुने बताइएको छ । सम्मेलनमा भाग लिन आएका अतिथिहरुलाई आज विहान माउन्टेन फ्लाइटमा सहभागी गराइएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

सगरमाथा संवादमा विभिन्न १२ विषयका समानान्तर सत्र सम्पन्न भइसकेका छन् । उद्घाटन समारोहपछि हिमनदीहरूको संरक्षणका लागि एक दशमलव पाँच डिग्री तापक्रम सीमित गर्नुपर्ने आवश्यकता, उच्च भूभागदेखि टापुसम्मको सम्बन्ध, खाद्य सुरक्षा र जलवायु उत्थानशील कृषि, हिमाली समुदायको नेतृत्वमा जलवायु परिवर्तन न्यूनीकरण सम्बन्धी पहललगायत विषयमा सम्वादमा छलफल भएको छ ।

सम्मेलनमा विभिन्न देशका एक सय ७५ विदेशी पाहुनासहित तीन सय ५० जनाभन्दा धेरै विशिष्ट व्यक्तित्वको सहभागिता छ । नेपालले हरेक दुई वर्षमा सगरमाथा संवादको आयोजना गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *