काठमाडौं । बलिउड अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही आज काठमाडौं आइपुगेकी छन् । शनिबार बिहान उनी काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलमा आइपुगेकी हुन् ।
नोरा नेपालमा आयोजित साङ्गितिक कार्यक्रममा सहभागी हुन संयुक्त अरब इमिरेट्सबाट आज नेपाल आएकी हुन् । विमानस्थलको भीइआपी कक्षमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पहिलोपटक नेपाल आउन पाउँदा खुसी लागेको बताइन् ।
आज बेलुका बौद्धमा आयोजना हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रममा उनको प्रस्तुती रहेको छ ।