>

माओवादीले भन्यो– सरकारको नीति तथा कार्यक्रम दिशाहीन र अनिश्चित

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमप्रति गम्भीर प्रश्न उठाएका छन् ।

शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पुनले भने, “नीति तथा कार्यक्रम हेर्दा सरकार गन्तव्यविहीन जस्तो देखिन्छ। यो स्पष्ट दिशानिर्देश दिन असफल छ।”

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

उनले विगतमा सरकारहरू नीति तथा कार्यक्रममा मुख्य प्राथमिकता स्पष्ट रूपमा उल्लेख गर्ने र त्यसलाई बजेटमार्फत कार्यान्वयनमा लैजाने परिपाटी रहेको उल्लेख गर्दै भने, “यसपटक न त मूल कार्यक्रम छ, न त स्रोत जुटाउने स्पष्ट योजना।”

उनले सरकारले संसदलाई बेवास्ता गर्दै आफू अनुकूल योजना अघि सार्न खोजिरहेको आशंका व्यक्त गरे । “सरकारले संसदमा कार्यक्रम नराखेर छल्ने र आफ्नै हिसाबले योजना अघि बढाउने तयारी गरेको देखिन्छ,” पुनको आरोप थियो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

पूर्व अर्थमन्त्री समेत रहेका पुनले सरकारको नीति तथा कार्यक्रमले स्पष्ट दिशा नदिएको र सरकारले संसदलाई छलेर कार्ययोजना अघि बढाउएको टिप्पणी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *