>

आन्दोलनरत शिक्षकहरुसँगको वार्ता सकारात्मक, आज निर्णायक वार्ता गर्ने तयारी

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिहरुबीच भएको वार्ता सकारात्मक रुपमा अघि बढेको छ। हिजो राति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र शिक्षक महासङ्घसँगबीच भएको वार्ता सकारात्मक दिशामा अघि बढेको मन्त्री पन्तले जानकारी दिएका छन् ।

शिक्षकसँगको वार्ता सम्भव भएसम्म छिटो टुङ्गो लगाउन लागिएको पनि उनले सञ्चारकर्मीलाई जानकारी दिएका छन् । शिक्षामन्त्री रघुजी पन्त र महासङ्घका पदाधिकारीबीचको वार्ता हिजो राति ८ बजेदेखि साढे १० बजेसम्म चलेको थियो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

वार्तामा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी भएका थिए । साथै महासङ्घका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वमा शिक्षकहरूको टोली वार्तामा सहभागी भएको थियो। सरकार र आन्दोलनरत शिक्षक महासङ्घबीच आज पुनः वार्ता हुनेछ ।

शिक्षक सङ्घ सङ्गठनहरूले विभिन्न माग राखी गत चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् । जसका कारण देशभरका सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८२ को सुरुदेखि नै पठनपाठन प्रभावित भएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *