काठमाडौं । भारतको जम्मु-कश्मिरमा भएको आतंकवादी हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको शव आज नेपाल ल्याइएको छ ।
भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलामा मारिएका बुटवल उपमहानगरपालिका १४ का २७ वर्षीय न्यौपानेको शव भारतीय पक्षले नेपाली प्रशासनको रोहवरका परिवारलाई जिम्मा लगाएको हो । उनले अन्त्येष्टि आजै गरिने बताइएको छ ।
न्यौपाने ४ दिनअघि शनिबारमात्र आमा, बहिनी र ज्वाइँलाई लिएर जम्मू–कश्मीर घुम्न गएको बताएको छ । आतंकवादी आक्रमणबाट उनको मृत्यु भएको हो । उनी परिवारका एक्ला छोरा हुन् । उनी धरानमा पब्लिक हेल्थ पढ्दै थिए ।
जम्मु–कश्मीरमा मंगलबार भएको आक्रमणमा यूएईका नेपालका सुदीपसहित एक पर्यटक, २ जना स्थानीय र बाँकी भारतकै गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका नागरिकको ज्यान गएको हो । घटनामा २० जनाभन्दा बढी घाइते भएका छन् ।