लन्डन । इङलिस प्रिमियर लिगमा क्रिस्टल प्यालेस र आर्सनलले बराबरी खेलेपछि लिभरपुल उपाधि नजिक पुगेको छ ।
बुधबार राति इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले क्रिस्टल प्यालेससँग दुई–दुई गोलको बराबरी गर्दै अंक बाँडेको छ । आर्सनलले ज्याकुब किवियर र लियान्ड्रो ट्रोसार्ड तथा प्यालेसका एबेरेची एजे र जीन फिलिप माटेटाले एक एक गोल गरे ।
खेलमा लगातार दुई पटक पछि परेको स्थितीलाई उल्टाउँदै क्रिस्टल प्यालेसले उत्कृष्ट पुनरागमन गर्दै आर्सनलसँग अंक खोसेको हो । क्रिस्टल प्यालेससँग आर्सनलको बराबरीले शीर्ष स्थानको लिभरपुललाई फाइदा पुगेको छ । लिभरपुलले अब उपाधि जित्न अर्को खेलमा बराबरी गरे मात्रै पुग्ने भएको छ ।
आइतबार एनफिल्डमा हुने खेलमा लिभरपुलले टोटनह्यामसँग बराबरी मात्रै लिभरपुलले पछिल्लो पाँच सिजनमा दोस्रो पटक उपाधि जित्नेछ । समग्रमा लिभरपुलले २० औँ लिग उपाधि जित्नेछ । उपाधि जितेसँगै लिभरपुलले म्यानचेष्टर युनाइटेडसँगको रेकर्ड बराबरी गर्नेछ ।
लिभरपुलले दोस्रो स्थानको आर्सनलसँग १२ अंकको अग्रता बनाएको छ । शीर्ष स्थानको लिभरपुलले ३३ खेलबाट ७९ अंक बनाएको छ । दोस्रो स्थानको आर्सनलको ६७ अंक छ ।