>

इ–सेवाबाट १ करोड २ लाख रुपैयाँ चोरी गरेको आरोपमा बुढा पक्राउ

काठमाडौं । इ–सेवाबाट १ करोड २ लाख रुपैयाँ चोरी गरेको आरोपमा प्रहरीले राहुल बुढालाई पक्राउ गरेको छ । फिसिङ लिङ्क पठाई ईसेवाको रकम चोरी गरेको प्रहरीको भनाइ छ । काठमाडौं अनामनगर बस्ने कञ्चनपुर कृष्णपुर नगरपालिका१ घर भएका २२ वर्षीय बुढालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

विभिन्न व्यक्तिहरूलाई एसएमएसमार्फत फिसिङ लिङ्क पठाई खाता सस्पेन्ड हुन लागेको भनी चेतावनी दिई भेरिफाईको लागि लिङ्क खोल्न लगाई ईसेवामा अनाधिकृत पहुँच पुर्‍याई ४ हजार भन्दा बढी व्यक्तिको ई–सेवामा रहेको मौज्दात रकम पशुपति ग्लोबल इनोभेसन प्रा।लि। को खातामा बुढाले जम्मा गरेका थिए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

१ करोड २ लाख रूपैयाँ बराबरको रकम ट्रान्सफर गरी रकम चोरी गर्ने कार्यमा संलग्न भएको आरोपमा बुढालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले पक्राउ गरेको हो । प्रहरीले उनले काठमाडौं कालिमाटीबाट पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *