>

बार्तामा किन गएन शिक्षक महासंघ

काठमाडौं। आन्दोलनरत शिक्षक महासंघको प्रतिनिधिसँग कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह सहितको टोलीले छलफल गर्न आज ३ बजेका लागि सिंहदरवारमा बोलाइएको थियो । तर, महासंघले वार्तालाई खारेज गरेको जनाएको छ ।

बिहीवार कार्यवाहक प्रधानमन्त्री सिंहको अध्यक्षतामा सरकारी सरोकारवाला पक्षबीच छलफल भएको थियो । त्यसलगत्तै सरकारी टोलीले महासंघलाई बोलाएको हो । आज हुने छलफलमा गृहमन्त्री, मुख्य सचेतक, प्रमुख सचेतक पनि सहभागी हुने बताइएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

शिक्षक महासंघको टोली नगए पनि सरकारी टोली भने छलफलमा सहभागी भएका छन् ।

शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरबाट शिक्षकहरू काठमाडौँ आएका छन्। २० चैतदेखि उनीहरूले काठमाडौँमा प्रदर्शन गरिरहेका छन् । गत २०८० असोजमा भएको सहमति अनुसार ऐन जारी गर्न शिक्षकहरूले माग गरिरहेका छन्।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

पटक पटक सम्झौता गरेर सरकारले धोका दिएको भन्दै महासंघले अन्तिम लडाइँ भएकाले सहमति मात्र नगर्ने अडान लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *