>

तीन कुनेमा हत्या गरिएका एभिन्यूजकर्मी रजकको आज शवयात्रा

काठमाडौं । राजावादीको आन्दोलनमा तीनकुनेमा जीउँदै जलाएर हत्या गरिएका एभिन्यूज खबरकर्मी सुरेश रजकको आज अन्त्यष्टि गरिने भएको छ ।

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा रहेको उनको शव परिवारले बुझेर पोष्मार्टमको प्रक्रिया अघि बढेपछि आजै अन्त्यष्टि गर्न लागिएको हो । उनको अहिले १२ बजेपछि अस्पतालबाट शवयात्रा सहित काठमाडौंको शोभा भगवतीमा अन्त्यष्टि गर्न लागिएको हो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

यही चैत १५ गते राजावादीको आन्दोलनका क्रममा दृश्य छायांकन गरिरहेका बेला तीन कुनेको एक घरमा आन्दोलनकारीले आगो लगाएपछि उनको जलेर निधन भएको थियो । एभिन्यूज खबर टेलिभिजन र परिवारले रजकलाई न्याय दिन शहीद घोषणा गरिनुपर्ने,उनको हत्याको निष्पक्ष छानबिन हुनुपर्ने र दोषीलाई कडा कारवाही गरिनु पर्ने माग सरकार समक्ष राखेको छ ।

सरकारले यी मागबारे सकारात्मक रहेको बताएपछि परिवारले शव बुझेका हुन् । रजकको ह्रत्याको चौतर्फी बिरोध भइरहेको छ । एभिन्यूज खबर टेलिभिजन र नेपाल पत्रकार महासंघ एभिन्यूज प्रतिष्ठान शाखाले शवयात्रामा सहभागी हुन सबैलाई अपिल गरेको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *