काठमाडौं । गृह मन्त्रालयले पूर्वराजाका समर्थकहरूको प्रदर्शन हिंसात्मक बनेको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको छ ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव छवि रिजालले सम्पत्ति, अस्पताल, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र र यातायातका साधनमाथि भएको तोडफोड तथा आगजनीलाई गैरकानूनी र भत्र्सनायोग्य भएको बताए ।
यस्ता आपराधिक घटनाका लागि प्रदर्शनका आयोजकहरू नै पूर्ण रूपमा जिम्मेवार हुने उनको भनाइ छ । रिजालले संविधानले लोकतान्त्रिक शासन व्यवस्थामा विचार अभिव्यक्तिको स्वतन्त्रता सुनिश्चित गरेकाले हिंसात्मक गतिविधिहरू कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट गरे ।