>

संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं । सर्वोच्च अदालतमा ‘हेर्दाहेर्दै’मा राखिएको संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्ध रिट सुनुवाइका लागि आज पेसी तोकिएको छ ।

यसअघि सर्वोच्चको संवैधानिक इजलासमा फागुन २१ गते रिट निवेदकका तर्फबाट ७ अधिवक्ताले बहस गरेका थिए । दोस्रो दिन पनि बहस नसकिएपछि रिट ‘हेर्दाहेर्दै’मा राखेर आजका लागि पेसी तोकिएको हो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

निवेदकका तर्फबाट २४ जना कानून व्यवसायीले वकालतनामा लेखाएका छन् । त्यस्तै सरकारका तर्फबाट महान्यायाधिवक्ता रमेश बडालसहित १० जना बहस गर्दैछन । अघिल्लो कार्यकालमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले संवैधानिक आयोगहरूमा ५२ जनालाई गरेको नियुक्ति गैरकानूनी रहेको दाबी गरी बदर गर्न निवेदकले माग गरेका छन् ।

२०७७ पुस १ गते वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्यालले यी ५२ जनाकै नियुक्ति गैरकानूनी भन्दै बदर गर्न माग गरेर रिट दायर गरेका थिए । त्यसपछि उनी सहितले थप १४ वटा निवेदन दर्ता गरेका थिए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *