रुपन्देही । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा देशकै ठूलो पार्टी बन्नेगरी तयारीमा लाग्न पार्टीका नेता÷कार्यकर्तालाई निर्देशन दिएकाच छन् ।
सोमवार रुपन्देहीमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो निर्देशन दिएका हुन् । सभापति देउवाले नेपाली कांग्रेस आगामी निर्वाचनमा बहुमत ल्याउन नसके पनि सबैभन्दा ठूलो पार्टी बन्नसक्ने बताए ।
सभापति देउवाले पहिलाको भन्दा ठूलो पार्टी बन्नेगरी तयारी गर्न निर्देशन दिए । कांग्रेस नेताहरुबीचका मतभेदहरु छलफलको माध्यमबाट समाधान गरेर पार्टीलाई जीवन्त बनाउनुपन देउवाको भनाई छ ।