>

यौनकर्मीको कथामा आधारित फिल्म अनोरा ओस्कारमा उत्कृष्ट

काठमाडौँ । अमेरिकाको लस एन्जलसमा ओस्कर अवार्ड समारोहमा फिल्म ‘अनोरा’ ले आफ्नो दबदबा कायम गरेको छ ।

यौनकर्मीको कथामा आधारित फिल्म ‘अनोरा’ ले उत्कृष्ट चलचित्रको अवार्ड सहित पाँच विधामा ओस्कार अवार्ड जितेको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

फिल्मकी अभिनेत्री मिकी म्याडिसनले उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छिन्। यस फिल्मका लागि शन बेकरले उत्कृष्ट निर्देशकको पुरस्कार पाए। यो फिल्मले उत्कृष्ट सम्पादनको अवार्ड पनि पाएको छ । 

अभिनेत्री म्याडिसनले अनोराको लागि ओस्कार जितेपछि हलिवुडमा परिवर्तनको सुरुवात गर्ने बताएकी छन् । उनले सम्पूर्ण यौनकर्मीहरुलाई आफ्नो अवार्ड समर्पित गर्दै यौनकर्मीहरूलाई आफ्नै क्षेत्रमा काम गर्ने कामदारको रूपमा सम्मान हुनुपर्ने बताएकी छन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

त्यस्तै उत्कृस्ट निर्देशकको अवार्ड जितेपछि शन बेकरलेले ‘साँच्चै स्वतन्त्र फिल्म’ बनाएको प्रतिक्रिया दिएका छन् । साथै उनले यस फिल्मलाई मान्यता दिएकोमा एकेडेमीलाई धन्यवाद दिएका छन् ।

फिल्मले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेत्री, मौलिक पटकथा र सम्पादन गरी कुल पाँच अवार्ड जितेको छ । यस वर्षको ओस्कारमा, फिल्म द ब्रुटालिस्टले पनि तीन विधामा ओस्कार पुरस्कार प्राप्त गरेको छ भने फिल्म विक्डले दुई, एमिलिया पेरेजले दुई र ड्युन: पार्ट टुले दुई विधामा ओस्कार पुरस्कार प्राप्त गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *