>

‘११:५५’ को गीत ‘रोक्ने छैन्’ सार्वजनिक

काठमाडौं । फिल्म ‘११:५५’ (डु नट ट्रस्ट एनिवन)को पहिलो गीत ‘रोक्ने, छैन’ सार्वजनिक गरिएको छ । गीतमा अल्मोडा राना उप्रेतीको शब्द, संगीत र स्वर छ । गायनमा अल्मोडालाई सुमन परियारले साथ दिएकी छन् ।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ र सागर खनाल क्लबमा मस्ती मुडमा देखिएका छन् । एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारी लगायतको पनि अभिनय रहेको फिल्ममा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

बिचित्र फिल्मस् र गुड जब आर्ट्सको व्यानरमा निर्माण भएको फिल्ममा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । एमएस अगराज कार्यकारी निर्मातामा छन् ।

कुवेर सिने डिष्ट्रीब्युसनले वितरण अधिकार लिएको फिल्ममा देव महर्जनको द्वन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्राफी तथा पासाङ दावा शेर्पाको सम्पादन छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

क्राइम-थ्रिलर जनरामा निर्माण भएको फिल्मलाई केशव पान्डेले निर्देशन गरेका हुन् भने फिल्म चैत्र ८ बाट रिलिज हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *